दीपिका पादुकोण, कट्रिना कैफ लगायतलाई उछिन्दै ‘द टाइम मोस्ट डिजायरेबल वुमन २०२०’ शीर्ष स्थानमा पुगिन् रिया चक्रवर्ती — OSNepal

दीपिका पादुकोण, कट्रिना कैफ लगायतलाई उछिन्दै ‘द टाइम मोस्ट डिजायरेबल वुमन २०२०’ शीर्ष स्थानमा पुगिन् रिया चक्रवर्ती

LC (KTM) June 07, 2021 0

काठमाडौं। बलिउड अभिनेता सुशान्त सिंह राजपुतकै प्रेमीका भएका कारण नायिका रिया चक्रवर्तीले धेरै उतारचढाव बेहोर्नुपर्यो । उनलाई भारतीय प्रहरीले निकै केरकार गर्यो ।

२०२० सालमा उनी स्पटलाइनमा नरहेकी यि सुन्दरीले अहिले आएर त बलिउड अभिनेत्रीहरु दीपिका पादुकोण, दिशा पाटनी, कट्रिना कैफ लगायतलाई उछिन्दै द टाइम मोस्ट डिजायरेबल वुमन २०२०’ सूचीको शीर्ष स्थानमा परेकी छिन् । बितेको वर्ष धेरै नकारात्मक कुराहरुका कारणले चर्चामा रहेकी रिया अहिले जमानतमा बाहिर छिन् ।

त्यस्तै मिस युनिभर्स २०२० की थर्ड रनरअप सुन्दरी द टाइम मोस्ट डिजायरेबल वुमन २०२० को सूचीमा दोस्रो स्थानमा छिन् । तेस्रो स्थानमा दिशा पाटनी, चौथो स्थानमा कियारा आडवाणी र पाँचौं स्थानमा दीपिका पादुकोण छिन् । यस्तै छैटौं स्थानमा कट्रिना कैफ, सातौं स्थानमा ज्याकलिन फर्नान्डिज, आठौं स्थानमा अनुप्रिया गोयन्का, नवौं स्थानमा रुही सिंह र दशौं स्थानमा आवृत्ति चौधरी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर