काठमाडौं ३० फागुन । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले भ्रष्टाचार र लुटतन्त्रमा लिप्त गठबन्धनका कारण राजनीति गन्हाएको टिप्पणी गरेका छन् ।
वर्तमान गठवन्धनलाई ठगवन्धनको संज्ञा दिएका नेता शाहले गठबन्धन सरकार आएदेखि देशमा अराजकता, बेथिति, महङ्गी र अपराध बढ्दै अब यो सरकारलाई बिदाई गर्नुपर्ने दिन आएको बातएका छन् ।
आज सोमबार रौतहटको माधव नारायण नगरपालिका, माधोपुरमा आयोजित नगर अधिवेशनलाई सोमबार सम्बोधन गर्दै पुर्व मन्त्री समेत रहेका साहले यस्तो टिप्पणी गरेका हुन् ।
देशमा पाँच दलीय सरकारले खुलेआम लोकतन्त्रको हत्या गरिरहेको आरोप समेत रहेका उनले भने,’दुनियाँमा लोकतन्त्र मान्ने देशमा जनताले प्रतिनिधिमार्फत सरकार बनाउछ । तर हाम्रो देशमा जनविरोधी तत्वहरु सम्मीलित गठबन्धनलाई अदालतको सेटिङमा सरकार बनाइएको छु’।
सरकार बनाएवापत न्यायाधीशलाई मन्त्री पद दिइरहेको भन्दै अदालतले सघाएसम्म ठीक पछि महाअभियोग लगाउने काम पनि यही गठबन्धनले आरोप लगाएका छन् ।