काठमाडौं ३० फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्षकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन हुनुमा विदेशी हात रहेको दावी गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक सम्म गरेको संसद विघटन ओली एक्लैले नभई देश र विदेशबाटै षड्यन्त्र भएको प्रचण्डको आरोप लगाएका हुन् ।
देशको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका अध्यक्ष प्रचण्डले लाखौंको संख्यामा जनता आँधीहुरी जस्तै ओइरिएपछि उक्त सेटिङ असफल भएको बताएका छन् ।
ठुलो षडयन्त्रको साथ भएको संसद विघटनमा विदेशी शक्ति जोडिएको उनले दावी गरेका छन् । ‘न्यायालय पनि जोडियो। प्रतिक्रियावादी जोडिए। एउटा ठूलो सेटिंग थियो । ‘
प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,माओवादी केन्द्रले निर्णायक भूमिका नखेलेको भए प्रतिगमन परास्त हुने अवस्था थिएन भन्दै उनले भने, ‘त्यतिबेला नेपाली कांग्रेसको अवस्था के थियो त्यो सम्झिँदा हुन्छ। नेपाली कांग्रेसलाई समेत हामीले प्रतिगमनको आन्दोलनमा ल्याउन सफल भयौं। ‘