जाजरकोटमा सुत्केरी व्यथा लागेकी गर्भवतीको अत्यधिक रक्तस्रावपछि मृत्यु — OSNepal

जाजरकोटमा सुत्केरी व्यथा लागेकी गर्भवतीको अत्यधिक रक्तस्रावपछि मृत्यु

LC (KTM) March 14, 2022 0

जाजरकोट, ३० फागुन : शिवालय गाउँपालिकामा आज एक गर्भवतीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेकी वडा नं ४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा रावतको बाटोमै मृत्यु भएको हो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर