काठमाडौं ३० फागुन । हालै मात्र एमाले प्रवेश गरेका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीमा रहआदा आफ्नो मानमर्दन बताएका छन् ।
आफुले जनता समाजवादी पार्टीलाई महानगरमा जिताए पनि पार्टीभित्र दुव्र्यवहार हुने गरेको गुनासो गरेका उनले विगतमा आफुले दुई पल्ट राजीनामा दिएपनि अध्यक्ष उपेन्द्र यादवले रोकेको खुलासा गरेका छन् ।
न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भनेका छन् , ‘म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिएँ । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपथ्र्यो, जुन ढंगले मलाई राख्नुपर्थ्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिए । राजीनामा दिदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिएँ पनि’ ।
आफुमाथि सामाजिक मानमर्दन नरोकिएकाले एमाले प्रवेश गरेको स्पष्ट पारेका छन् । आफु पार्टी प्रवेश गर्दा कांग्रेसमा नि जान सक्ने भएपनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले एमालेको प्रवेश गरेको उनले तर्क रहेको छ ।
अब एमालेले आफुलाई जुन जिम्मेवारी दिएपनि आफु सोही जिम्मेवारी लिने उनले बताएका छन् ।