काठमाडौं ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर एमाले नेता भीम रावलले कडा टिप्पणी गरेका छन् । रावल रक्षा मन्त्री भएको समयमा एमसीसी संसदमा पास भएको भन्दै देउवा रावलमाथि खनिएपछि रावलले गज्रिएका हुन् ।
एमसीसीको विषयमा रावललाई मात्र किन टाउको दुखेको भन्दै देउवाले प्रश्न गरेपछि रावलले यस्तो जवाफ दिएका छन् ।
नेपालको संविधान, देश र जनता सामु राष्ट्रिय स्वाधीनता र हितको पक्षमा कसैको डर नमानी काम गर्ने शपथको विपरीत एमसीसी सम्झौताका देशघाती प्रावधानको निहीत स्वार्थका लागि अन्ध समर्थन गर्ने, संसद नियमावली र संविधान मिचेर, जनआवाजमाथि दमन गरेर वाह्य शक्तिलाई रिझाउन होहल्लाको बीचमा सम्झौता अनुमोदन गराउने, महाकाली र कर्णालीमा देशघात गर्न नहच्किने तपाईंको जस्तो चरित्र नभएकोले म जस्तो देशभक्त नागरिकको राष्ट्रको हित र अस्मिताप्रति चिन्तित भएर ‘टाउको दुखेको’ हो।’
देउवाले ‘उसबेला दिमाग खुस्क्याथ्यो? भन्दै रावललाई प्रश्न गरेका छन् । जवाफमा राववले भनेका छन्,तथ्यको जानकारीसम्म नराखि झुठा बोल्ने प्रमको या त आफ्नै ‘दिमाग खुस्के? होस हराएको हुनुपर्छ या जनतामा भ्रम छरेर देशहितविरुद्धको कृत्य छोप्ने कुत्सित चाल हुनुपर्छ।’
प्रमं देउवाले नुवाकोटमा मेरो बारेमा दिएको अभिव्यक्ति कति झुठा र उदण्डतापूर्ण छ, तथ्य हेरौं : pic.twitter.com/7aoA854K9I
— Dr. Bhim Rawal (@BhimRawal179) March 14, 2022