काठमाडौं २९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक संशोधन गरेर स्थानीय तहको सट्टा तह हटाएर सरकार बनाउने वचन पनि दिए।
आइतबार नेपाल नगरपालिका संघको २९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री देउवाले यस्तो वचन दिएका हुन् ।
स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घरदैलोको सरकार भएको बताएका देउवाले यस शब्दमाअ आपत्ती जनाउन नहुने पनि बताएका छन् ।
‘नाम हैन, काम गर्ने हो । स्थानीय सरकार भन्दा चित्त बुझ्छ भने त्यो पनि भनौँला । सबै पार्टीलाई सहमतिमा ल्याएर कहाँ–कहाँ संशोधन गर्ने हो गरौँला ‘ देउवाले भने ।
मुख्य कुरा भनेको जनतालाई सेवा प्रवाह गर्ने भएकाले जनताको दुःख हटाउने काम गर्न आग्रह गर्दै देउवाले भने, ‘तह शब्द हटाइदिउँला केही छैन । जनतालाई प्रत्यक्ष सहभागी गराएर विकास गर्नुहोस् । नीति निर्माण र कार्यान्वयनमा जनतालाई सहभागी गराउनुहोस् ।’