नेपालमा माओवादीलाई सिध्याएर दुई दलीय व्यस्था लागु गर्न विदेशी शक्तिहरु लागि परेका प्रचण्डको दावी — OSNepal

नेपालमा माओवादीलाई सिध्याएर दुई दलीय व्यस्था लागु गर्न विदेशी शक्तिहरु लागि परेका प्रचण्डको दावी

LC (KTM) March 13, 2022 0

काठमाडौं २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावको ब्याटल हारे पार्टी र उम्मेदवारको मात्र हार नभई नेपाल राष्ट्रले नै हार्ने बताएका छन् । आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश–१ स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘चुनावको ‘ब्याटल’ जितिएन भने हाम्रो पार्टी र उम्मेदवारले मात्र हार्ने होइन । नेपाल राष्ट्रले हार्छ, जनक्रान्तिका उपलब्धि हार्छ, समावेशी, समानुपातिक लोकतन्त्र हार्छ ’ उनले भने ।

नेपालमा माओवादीलाई सिध्याएर दुई दलीय व्यस्था लागु गर्न विदेशी शक्तिहरु लागि परेको बताएका उनले दुई दलीय व्यवस्था ल्याउने षड्यन्त्र भइरहेको दावी समेत गरेका छन् ।

उक्त षडयन्त्र असफल बनाउन आफ्नो संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने भन्दै प्रचण्डले प्रशिक्षण कार्यक्रममा चुनाव ब्याटललाई समान्य रुपमा नलिन कार्यकर्ताहरुलाई आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर