काठमाडौं २९ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसीको विषयमा फैलिएको भ्रमबारे गाउँ गाउँमा गएर भ्रम चिर्नुपर्ने बताएका छन् ।
आइतबार सुर्खेतमा जारी कर्णाली महोत्सवमा भएको छलफलमा भाग लिँदै महामन्त्री थापाले एकथरी ढोंगी र ठगले एमसीसीको विषयमा भ्रम छरेको भन्दै यस्तो बताएका हुन् ।
एमसीसीको विषयमा आफुले जिम्मा लिने बताएका उनले पाँच वर्ष पछि भ्रम फैलाउने नेताहरुलाई प्रश्न समेत गर्ने बताएका छन् ।
‘एमसीसीका कारण नेपालमा विदेशी सेना आउँछ, अरू देशको कानून लागू हुन्छ भन्नेलाई ५ वर्षपछि मञ्चको तल बसेर प्रश्न सोध्ने हो । अछाम गए पनि उम्किन पाउँदैनन्, इलाम गए पनि पाउँदैनन् ।’