अन्तराष्ट्रीय मानवता समूह झापाद्धारा १९ घरपरिवारलाई राहत वितरण — OSNepal

अन्तराष्ट्रीय मानवता समूह झापाद्धारा १९ घरपरिवारलाई राहत वितरण

LC (KTM) June 07, 2021 0

अन्तराष्ट्रीय मानवता समूह का केन्द्रीय संयोजक एचबी ताम्राकारले नेतृत्व गरेको टिमले झापादेखी कंञ्चनपूर सम्मका जिल्लाहरुमा राहत वितरण गरिरहेको छ ।अन्तराष्ट्रीय मानवता समूह झापाका संरक्षक देवी खरेल पाण्डे जी र संयोजक अन्सु थापा के.सी जी को संयुक्त पहल र झापाकै अभियनताहरु सुर्य अधिकारि, निशा पाण्डे ,सृजना पाण्डे,टिका सिटौला र निशिता केसी जी र सुपर अनलाइन टिभिको टिमका समीर सुबेदी शिशिर बुढाथोकी लगायतको प्रत्यक्ष सहभागितामा आज झापा जिल्ला शिव सतासी नगरपालिका वार्ड नं ६ शिवगन्ज छेउछाउका अति बिपन्न १९ घरपरिवारलाई राहत वितरण गरियो।

झापा जिल्ला शिव सतासी नगरपालिका वाड नम्बर -६ , शिवगन्ज आसपासका अति बिपन्न परिवारलाई अन्तराष्ट्रीय मानवता समुह झापाको टिमले १९ घरपरिवारलाई आज मिति 2078-02-23 गते वितरण गरेको हो । त्यसैगरी, अतिथिमा वडा अध्यक्ष मनोज खुलाल कार्कि , शिबसताक्षि रेड्क्रस सभापति नारायण प्रसाद दाहाल र वडा सदस्य बद्री खनालकोपनि उपस्थिति रहेको थियो । तलको भिडियोमा हेर्नुहोस यसरी गरियो सहायोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर