काठमाडौं २९ फागुन । नेकपा एमालेले पार्टी छोडेर गएको भन्दै माधव नेपाल सहित १४ जना सांसद माथि सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाई आज भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफुले कारवाही गरेको सांसदलाई निश्कासन नगरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमा सात महिना पछि सर्वोच्चले आज आइतबार त्यसु मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ ।
आज बसेको न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई अब फैसलाको लागि पूर्ण सुनुवाई हुने आदेश दिएको हो । तथापी पुर्ण सुनुवाईको लागि मिति तोकिएको छैन ।
पार्टीले कारवाही गरेको सांसदलाई सभामुखले संसदमा सुचना टान नगरेको भन्दै गत भदौ २३ गते देखि एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ ।
चुनावको मुखैमा सर्वोच्चले गरेको यो आदेशले अब माधव नेपाल लगायतका १४ जनाको सांसद पदको टुंग्गो लगाउने भएको छ ।