काठमाडौं २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी व्याख्यात्मक घोषणासहित कार्यान्वयनमा नआए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।
व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयनमा जानुपर्ने बताएका उनले त्यसलाई मिनिमाइज गर्न खोजिए त्यसविरुद्ध आन्दोलनमा जान वाध्य हुने बताएका छन् । आगमी चुनाव पछि एमसीसीको विषयमा पार्टीमा वृहत छलफल गरेर जाने बताएका उनले अहिले सिंगो पार्टी एकमत भएर चुनावमा जाने कुरा भइसकेको स्पष्ट पारेका छन् ।
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘आफ्नै खुटमा उभिने हो, आफ्नै जनआधार सुदृढ गर्ने हो ।’
यो पनि…
चुनाव नजिक आउँदै गर्दा मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन हुन सक्छ तर… : प्रचण्ड
विराटनगर २९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विचार, एजेण्डा, भिजन प्रस्तुत गरेर आफ्नै बलमा चुनाव जित्न कोशिश गर्ने स्पष्ट पारेका छन् ।
‘गठवन्धन पहिलो कुरो नभएको बताएका उनले आफुहरु आफ्नै खुटमा उभिएर आफ्नै जनआधार सुदृढ गर्ने विषयमा केन्द्रित हुने जनाएका छन् । आफ्नै खुटमा उभिने हो, आफ्नै जनआधार सुदृढ गर्ने हो ।’उनले भने ।
मुद्दा मिल्नेहरु र लेनदेन गर्न सहज हुनेहरुबीच गठबन्धन हुन सक्ने बताएका उनले तत्काल एमालेसँग सहकार्य भने नहुने स्पष्ट पारेका छन् । नकारात्मक, अहंकार र निषेध बाहेक एमालेसँग केहि नभएकोले एमालेको केपी गुटसँग तत्काल कुनै सहकार्य हुन नसक्ने प्रचण्डले बताएका छन् ।
‘कांग्रेससँग कति होला, कति नहोला आफ्नो ठाउँमा छ । हाम्रो जोड चाहिं मुद्दा मिल्नेहरुसँग मिलेर जाने, नभए आफ्नै खुट्टामा टेकेर अगाडि बढ्ने हुन्छ ।’उनले भने ।