काठमाडौं २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जरा विनाको मुला भएको भन्दै उखेल्न धेरै गाह्रो नहुने बताएका छन् ।
शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकारलाई हटाउन चुनाव पर्खिरहेको बताएका छन् ।
अहिलेको सरकार चुनाव देखि भागिरहेको टिप्पणी गरेका ओलीले पाँच जना न्यायाधीशको आदेशले बनेको परमादेश सरकारलाई उखेल्न गाह्रो नहुने बताएका छन् ।
गठवन्धन सरकारको आलोचना गर्दै ओलीले भने, ‘जरा न फराको सरकार । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ ।’