काठमाडौं २८ फागुन। नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सत्ता गठवन्धनको सरकार बालुवामा लगेर राखेको नक्कली मुलाजस्तो हो, फुत्त आउँछ भन्दै टिप्पणी गरेका छन् ।
शनिबार नेपाल निजामति कर्मचारी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यो सरकालाई आफुले ठीक पार्ने भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
गभर्मेन्टलाई सहयोग र्गु भन्दै ओलीले भने,‘यो सरकार ठिक छ कि छैन भन्ने कुरा तपाईँहरुले छुट्याउने होईन, यसलाई हामी ठीक पारिहाल्छौं नि । आज म अपोजिसन लिडरको हैसियतमा भन्दैछु, तपाईँहरुले गभर्मेन्टलाई असहयोग गर्न मिल्दैन्, गभर्मेन्टलाई सहयोग गर्नुहोस । तपाईँहरुको काम भनेको गभर्मेन्टलाई असहयोग गर्ने होईन, तपाईँहरुले साथ दिने हो, सहयोग गर्ने हो । यो गभर्मेन्ट ठीक छ कि छैन, तपाईँहरुले धेरै छुट्याउने होईन । ‘
यो गभर्मेन्टलाई ठीक आफुहरुले पार्ने दावी गरेका ओलीले भने, मुलाको पनि सानो तिनो भएपनि जरा हुन्छ तर यो सरकारको त जरा न बरा, यसको त केही पनि छैन, यो त बालुवामा लगेर राखेको नक्कली मुलाजस्तो हो, फुत्त आउँछ । हल्लाउनुपनि पर्दैन्, यो त फुत्त आउँछ ।’
यो सरकार चुनाव देखेर भाग्न लागेको समेत ओलीले आरोप लगाएका छन् ।