केपी ओलीले मानसिक सन्तुलन गुमाए : माधव नेपाल — OSNepal

केपी ओलीले मानसिक सन्तुलन गुमाए : माधव नेपाल

LC (KTM) March 11, 2022 0

काठमाडौं २७ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सत्ता गठवन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धुलो चटाएपछि मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थालेको आरोप लगाएका छन् ।

आज शुक्रबार समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई गठबन्धनले धुलो चटाएपछि ओलीले मानसिक सन्तुलन गुमाएर जथाभावी बोल्न थालेको आरोप लगाएका हुन् ।
आज पोखरामा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले सर्वोच्चलाई गोरु भन्दै गोरु ब्याएन मात्रै पाँच वटा बाच्छो पनि पाएको भन्दै आलोचना गरेका थिए । साथै उनले दशा लागेर प्चण्ड नेपालले दुई तिहाईको सरकार ढालेर अहिले ढोका बाहिर पर्खेर भित्रबाट प्रसाद आउँद भनेर बसिरहेको भनेका थिए ।

सोही विषयलाई लिएर अध्यक्ष नेपालले ओलीले मानसिक सन्तुदल गुमाएका आरोप लगाएका हुन् । साथै, नेपालले जथाभावी बोल्दा स्वास्थ्य बिग्रिएला भन्दै ओलीलाई उपचार गर्न सुझावसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर