काठमाडौं २७ । फागुन । राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनकोका-कोलाविरुद्ध पूँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ ।साथै विभागले नेपालसहित १७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
राजस्व अनुसन्धान विभागले कोका–कोला उत्पादन गर्ने बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख ८ सय २२ बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा हालेको हो।
बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८ सय ८३ रुपैयाँ हुने र सोमा कोका–कोला साब्कोको प्रतिकित्ता सेयर खरिद मूल्य ५३६ रुपैयाँलाई लागतको रुपमा घटाउँदा ३ हजार ३ सय ४७ रुपैयाँ प्रतिकित्ता पुँजीगत लाभ हुने अनुशन्धानबाट खुल्न आएको छ ।