काठमाडौं २६ फागुन । निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि ७९ दललाई मात्र मान्यता दिएको छ ।
स्थानीय निर्वाचनको लागि ८० दलले निवेदन दिएपछि आयोगकोआज बिहिबार बसेको बैठकले ७९ दललाई मात्र मान्यता दिएको हो । जसमा ऋषि कट्टेल नेतृत्वको नेकपालाई भने आयोगले मान्यता दिएन ।
आयोगमा हाल सम्म ११० वटा दलले र्ता गराउपछि पनि निर्वाचनको लागि भने ८० वटा दलले मात्र निवेदन दिएका थिए । जसमा पनि कट्टेलको नेकपा भने अयोगले समावेश गरेन ।