सविता भण्डारीलाई न्याय दिलाउन सविताकी बहिनीलाई साथ दिँदै सारा नेपाली लागेका बेला सविताका ज्वाई मिडियामा आए — OSNepal

सविता भण्डारीलाई न्याय दिलाउन सविताकी बहिनीलाई साथ दिँदै सारा नेपाली लागेका बेला सविताका ज्वाई मिडियामा आए

LC (KTM) June 07, 2021 0

काठमाडौ । तपाई आफै कल्पना गर्नुस् ८० वर्ष नाघेको एक वृद्धले बुहारीलाई त्यस्तो कसरी गर्न सक्छ ? जुन वृद्ध आफै अगाडी अक्सिजन लगाएर बसेका छन् । उनलाई आफ्नो दैनिकी काम गर्न पनि अरुको सहारा चाहिन्छ । चितवनकी सविता भण्डारी मृत्यु घटना पछि उनका वृद्ध ससुराले गर्ने ब्यवहारलाई लिएर अहिले सामाजिक सञ्जालमा निकै तर्क वितर्क भइरहेको छ । बोल्न र उभिन पनि नसक्ने वृद्धले कस्तो कृयाकलाप गर्छ ? हाँसेर त्यस्तो पनि भिडियो हुन्छ सविता भण्डारीको अमाजुको श्रीमानले राखेको तर्क हो यो ।

शरिरमा हात लगाएको भनेर फोटो खिचिएको र भिडियो बनाउन लगाएको हो । उनले भने, यदि त्यस्तो थियो भने १० महिना पछि यो कुरा निस्कनुको अर्थ के हो ? भिडियोमा उनको ससुरालाई देखाइएको छ । ससुराले सविताको शरिर छोएको भन्दै सविताकी बहिनीले ति भिडियो सार्वजनिक गरेकी हुन् ।

सविताले आफै मृत्युको निर्णय नलिएको, परिवारले उनलाई बाध्य पारेको भन्ने आरोप लगाउँदै सविताका माइती पक्षले घटना छानविनको माग राखेका छन् । यस विषयमा अनुसन्धान प्रकृया जारी छ । तर सविताको बहिनीले आफ्नो दिदीलाई उनका ससुराले नराम्रो ब्यवहार गर्ने गरेको पुष्टि गर्ने कोशिष गर्दैछन् ।

उनले सार्वजनिक गरेका भिडियोलाई लिएर अहिले अनेक भिडियो र टिकटक बनाइएका छन्। जसमा सविताको अमाजुको परिवारलाई पनि जोडिएको छ । सविताको घरमा अमाजु र ज्वाईको कुरा लाग्ने उनीहरुले भने बमोजिम सविताको परिवारमा काम हुने भएकाले घटनामा उनीहरुको पनि हात छ भन्दै आरोप लगाइएको छ ।

यि सबै कुराहरुका कारण आफु निकै मानसिक त ना वमा परेको भन्दै अमाजुका श्रीमान भोजहरी ढकाल पनि मिडियामा आएका छन् । उनले वृद्ध अवस्थाका ससुराको भिडियो फसाउने उद्देश्यले नै खिचिएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर