प्रचण्ड , नेपाल तथा मधेशका साथीहरुले सहयोगले प्रधानमन्त्री भएको हुँ, त्यसैले आगामी निर्वाचनमा गठवन्धनलाई संगै लिएर जानुपर्छ — OSNepal

प्रचण्ड , नेपाल तथा मधेशका साथीहरुले सहयोगले प्रधानमन्त्री भएको हुँ, त्यसैले आगामी निर्वाचनमा गठवन्धनलाई संगै लिएर जानुपर्छ

LC (KTM) March 10, 2022 0

काठमाडौं २६ फागुन । प्रधानमन्त्री शेरत्रबहादुर देउवाले स्थानीय चुनाव आइसकेकोले कहाँकहाँ जित्न सकिन्छ छलफल गरी बाहिर बोलेर काम नभएको बताएका छन् ।

पर्सामा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका देउवाले गठबन्धन दलका नेताहरुलाई अनावश्यक रुपमा नचिढ्याउन समेत आग्र गरेका छन् ।

गठवन्धनका कारण आफु प्रधानमन्त्री भएको बताएका उनले भने, ‘म प्रधानमन्त्री हुने नै थिइन यसपाली। गठबन्धनका साथीहरुले माधव नेपालजी भयो, मधेशका साथीहरुले सहयोग गरेर प्रधानमन्त्री भएको हुँ’ ।

‘तपाईँहरुलाई थाह छ, एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो? हारेका थियौं। अहिले गठबन्धनको सरकार भएको कारणले स्थानीय, प्रदेश र केन्द्रमा पनि हामी पहिलो पार्टी बनाउन लाग्नुपर्छ’ ।

आगामी निर्वाचनमा गठवन्धनलाई संगै लिएर जाने विषयमा पार्टीमा छलफल हुने बताएका उनले कांग्रेसको उद्देश्य नै नेपालमा प्रजातन्त्र स्थायी गराउने भएको बताएका छन् ।

साथै, देउवाले सम्बोधन गर्ने क्रममा सबै पार्टीको सहयोगले एमसीसी पास भएको भन्दै यो राष्ट्रिय आवश्यकता भएको स्पष्ट पारेका छन् ।

यो पनि …
गठबन्धनका साथीहरूलाई बोली व्यहारबाट कुनै पनि किसिमको हानि तथा चिढ्याउने काम नगर्न देउवाको आग्रह

काठमाडौं २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई आगामी चुनावसम्म लैजान सक्ने संकेत गरेका छन् ।

बिहिबार नवनिर्वार्चित पर्साका जिल्लाका सभापति लगायतका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र प्रदान गर्न पर्सा पुगेका कांग्रेसका सभापति समेत रहेका देउवाले गठवन्धनलाई चुनाव सम्म लैजाने संकेत गरेका हुन् ।

एक्लै चुनावी मैदानमा जाँदा बहुमत ल्यान नसकिने बताएका उनले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने रहेको स्पष्ट पारेका छन् ।

‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो ?’एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ ।’ देउवाले भने ।

गठवन्धनकै सहयोगमा आफु प्रधानमन्त्री बनेको भन्दै देउवाले गठबन्धनलाई एक साथ लानु लोकतन्त्र र स्वयं पार्टीका लागि पनि ठिक भएको बताएका छन् ।

गठवन्धनबाटै आगामी सरकार पनि बनाउनुपर्ने हुन सक्ने बताएका उनले भने , ‘गठबन्धनका साथीहरूलाई बोलीव्यहारबाट कुनै पनि किसिमको हानि तथा चिढ्याउने काम नगरौं’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर