पोखरा, २५ फागुन – आजभन्दा १६ वर्षअघि तत्कालीन लेखनाथमा एउटा ह ,त्या भएको थियो । २०६३ को वैशाख २९ गते सुनसरी घर भई साबिक लेखनाथ नगरपालिका-१३ सातमुहानेमा बस्दै आएका रोजन राई घाइते अवस्थामा भेटिए । उनी खुदीखोलामा गयविन जाली भर्ने कामका लागि लेखनाथ आएका थिए । अनुसन्धान गर्दै जाँदा २० वर्षका राईलाई सोही ठाउँमा अशोक गुरुङले कु,ट पि ट गरेको पत्ता लाग्यो ।
राईको अवस्था ग म्भीर रहेकोले उपचारकै क्रममा जेठ २ गते मृत्यु भयो । ला ,श जाँच मुचुल्कामा उनको दायाँ हातको कुम र पाखुरामा छाला खुइलिएको र टाउकोको बायाँतर्फ चो,टै,चो,ट थियो । उनको मृ,त्युको कारण टाउकोको चो, ट भएको पो स्ट मा ,र्टम रिपोर्ट आयो ।
त्यसपछि गुरुङ गाउँ छोडेर भागे । उनी कतार र बहराइनमा वैदेशिक रोजगारीका लागि गएका थिए । उनै गुरुङलाई पक्राउ गर्न कास्की प्रहरीले यही असोजदेखि प्रक्रिया सुरु गर्यो । असोज ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लियो ।
प्रहरीले इन्ट रपो ल शाखाबाट १२ असोजमा रेड नोटिसको लागि सिफारिस पठायो । खोजी गर्दा गुरुङ बहराइनमा रहेकोले अन्तर्राष्ट्रियता खोजतलास एवं प क्रा,उको लागि जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा २०७८ मंसिर २७ गते इन्टरपोल महासचिवालयबाट ‘रेड नोटिस’ जारी भएको थियो ।
सबै प्रक्रिया पूरा गरेर इन्टरपोल शाखाबाट खटिएको प्रहरीको टोलीले आरोपीलाई फागुन २४ गते नेपाल ल्यायो । त्यसपछि कास्की प्रहरीले उनलाई जिल्लामै ल्याएर अनुसन्धान अघि बढाएको छ । उनलाई कर्तव्य ज्या ,न मुद्दामा सात दिन म्याद थपेर अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।
‘यो कास्कीका लागि पहिलो घट ना हो । सम्भवतः नेपालकै लागि पनि करिब पहिलो होला । रेसिप्रोकल सिस्टममा हामीले यसरी अपराधी ल्याउन सकेका थिएनौं,’ उनले भने, ‘हामीलाई बहराइन प्रहरीले राम्रो सहयोग गर्यो । अब बहराइनका कोही अपराधी नेपालमा रहेछन् भने हामीले पनि उनीहरूलाई बुझाउने सर्तमा यो काम भएको हो ।’ नेपाल प्रहरीले विदेशमा लुकेका अ परा ,धीलाई सीधै समातेर ल्याउने सन्धि छैन ।
‘अहिलेसम्मका घ ,ट, ना मा कुनै अ प राधी विदेशमा रहेछ भने त्यहाँको सरकारले देश निकाला गरिदिन्छ । अनि नेपाल प्रहरीले समात्ने हो,’ उनले भने, ‘अहिले चाहिने नेपाल प्रहरी नै गएर उताको सरकारले देश निकाला नगरीकन समातेर ल्याएको हो ।’ योसँगै अर्को एउटा घ ट ,नाको आरोपी पनि विदेशमा रहेकोले उक्त ब्यक्तिको खोजी सुरु भएको तिवारीले बताए । कास्की प्रहरीले यसलाई निकै ठूलो उपलब्धिको रूपमा लिएको छ ।