लकडाउनको समयमा कसरी टाइम पास गर्ने ? महानायक राजेश हमालले सुझाए यस्ता उपायहरु — OSNepal

लकडाउनको समयमा कसरी टाइम पास गर्ने ? महानायक राजेश हमालले सुझाए यस्ता उपायहरु

LC (KTM) June 07, 2021 0

काठमाडौं । कोरोना संक्रमणले घरभित्रै थुनिएर बस्न बाध्य नागरिकमा नकारात्मक प्रभाव नपरोस् भनेर अभिनेता राजेश हमालले फेसबुकमार्फत एक भिडियो सन्देश जारी गरेका छन् । जसमा उनले घरभित्रै थुनिएर बस्दा मानिसलाई नकारात्मक भावनाले नगाँजोस् भनेर विभिन्न सल्लाह तथा सुझाव दिएका छन् । कोरोनाको दोस्रो लहरको संक्रमण फैलिएपछि सरकारले लगाएको निषेधाज्ञाका कारण मानिस अहिले घरभित्रै थुनिएर बस्नुपरेको छ । यस्तोवेला मानिसमा नकारात्मक प्रभाव पर्न सक्ने जोखिम रहेकाले सजगता अपनाउनुपर्ने हुन्छ ।

यसैबीच अभिनेता हमालले नेपालमा कोरोनाको न्यु भेरिएन्ट देखापरेको परेपछि सबैजना लकडाउनमा बस्न परेको सुनाउँदै भनेका छन्, ‘यो असामान्य परिस्थितिमा हाम्रो मानसिकतामा पनि असामान्य प्रभाव पार्न सक्छ । त्यसैले हामी यसमा असाध्यै होसियार हौं । आफ्नो मनलाई हल्का राख्न, आफूलाई पोजिटिभ बनाइराख्नका लागि आफूलाई इच्छा लागेको कुरामा तपाईं इंगेज हुन सक्नुहुन्छ त्यही कुराहरू गर्नुस् ।’ सौर्य दैनिकमा खबर छ । अभिनेता हमालले यस्तोवेला घरका सदस्यसँग बसेर रमाइला कुरा सेयर गर्ने, केही जोक्स भन्ने, हँसिमजाकका कुरा गर्ने, आफ्ना बगैंचा छ भने त्यहाँ पनि समय बिताउन सल्लाहसमेत दिएका छन् ।

उनले खाना बनाउने, विभिन्न एक्सरसाइज गर्ने तथा योग ध्यान गरेर पनि दिमागलाई ताजा र सकारात्मक बनाउन सकिने जनाएका छन् । उनले मानिसलाई मानसिक सन्तुलन राख्नका लागि सजग भइरहनुपर्ने बताउँदै आफूलाई सकारात्मक बनाउने प्रयास गर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘समाचारमा पनि धेरै ध्यान नदिनुहोला । विभिन्न स्रोत छन्, समाचारका । समाचार जान्नै मन छ भने विश्वसनीय कुनै एउटा स्रोतमा समय खर्चिनुहोला । बाँकी समय चाहिँ आफ्नो दिमागलाई जसरी शान्त र सकारात्मक बनाउन सकिन्छ, त्यही काममा ध्यान दिनुहोला । ताजा हावामा हिँडडुल गर्नुहोस्, व्यायाम गर्नुहोस् । लेखमा रुचि छ भने आफ्ना मनका कुरा लेख्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर