काठमाडौं २५ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय निर्वाचनमा सत्ता गठवन्धन मिलेर जाने सहमति भएको दावी गरेका छन् ।
पार्टीको आज बसेको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् ।
यही वैशाख ३० गते हुुनेनिर्वाचनमा मिलेर जाने गठवन्धनमा सहमति भएको प्रष्ट पार्दै उनले सिंगो पार्टीको ध्यान अब स्थानीय तह निर्वाचनमा केन्द्रीत हुने पनि बताएका छन् ।
बैठकलाई सम्बोधन गर्दै उनले एमालेलाई लक्षित गर्दै आगामी निर्वाचनमा शक्तिशाली छु भन्ने भ्रम पालेर बस्नेहरुलाई कमजोर छ भन्ने पुष्टि गरेर देखाउने गरी तयारी गर्न पनि अध्यक्ष नेपालले कार्यकर्तालाई निर्देशन दिएका छन् ।