काठमाडौं २५ फागुन । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले एमसीसीका विषयमा जथाभावी नबोल्न निर्देशन दिएका छन् ।
बुधबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफ्ना नेताहरुलाई एमसीसीको विषयमा जथाभावी नबोल्न र सामाजिक सञ्जालमा पनि नलेख्न निर्देश्न दिएका हुन् ।
एमसीसीको विषयमा पार्टीमा विवाद भइरहेको बेला अध्यक्ष नेपालको यो निर्देशनले पार्टीका सम्मानि त नेता झलनाथ खनालाई पेचिलो भएको छ ।
एमसीसीको विषयमा कडा टिका टिप्पणी गर्दै आएका नेता खनालको नाम नलिई नेता नेपालले एमसीसीको विषयमा दिएका अभिव्यक्त विचार फिर्ता लिन निर्देश्न गरेका नेपालले भने , ‘एमसीसीको विषयमा अत्यन्तै गम्भीर कुरा फेसबुकमा लेख्नुभएको छ । ती कुराहरू आपत्तिजनक छन् । पार्टीले सहन सक्दैन । ‘
साथै नेपालले पार्टीले बहुमतको निर्णयलाई स्विकार गर्ने भन्दै उनले अघि भने , आफ्नो गल्ती स्वीकार्नुस् । अन्यथा स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउँछ ।’