काठमाडौं २५ फागुन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले निर्वाचन आयोगलेको निणर्य प्रति आपत्ती जनाएका छन् ।
निवार्चन आयोगले यही वैशाख ३० गते हुने भनिएको स्थानीय तह निर्वाचनको लागि साना दललाई निर्वाचन चिन्ह प्रयोग गर्न नदिने निणर्य सुनाएको थियो ।
आयोगको यो निणर्य प्रति आक्रोश पोखेका उनले भनेका छन्, ‘पहिलाको संविधान र व्यवस्था पूरै खारिज भए तापनि ‘निर्वाचन आयोगलाई चलाउने दल’लाई ३० वर्षदेखि प्रयोग गर्दै आएको निर्वाचन चिन्ह नै निर्वाचन आयोगले दिने, तर अन्य दललाई दिइसकेको निर्वाचन चिन्ह पनि प्रयोग गर्न नदिने !’
पहिलाको संविधान र व्यवस्था पूरै खारिज भए तापनि ‘निर्वाचन आयोगलाई चलाउने दल’लाई ३० वर्षदेखि प्रयोग गर्दै आएको निर्वाचन चिन्ह नै निर्वाचन आयोगले दिने, तर अन्य दललाई दिइसकेको निर्वाचन चिन्ह पनि प्रयोग गर्न नदिने। राणाहरूपनि चिहानमा लजाउँदो होला