बिहान मात्रै खुला गरिएको समयले माग अनुसार माछा विक्री गर्न नसकिएको स्थानियको गुनासो — OSNepal

बिहान मात्रै खुला गरिएको समयले माग अनुसार माछा विक्री गर्न नसकिएको स्थानियको गुनासो

LC (KTM) June 07, 2021 0

चितवन, जेठ २४। कोभिड नियन्त्रणका लागि करीब डेढ महीनादेखि लागू गरिएको निषेधाज्ञाको प्रभावले चितवनको माछा व्यवसायमा ठूलो ह्रास आएको छ । नेपाल मत्स्य व्यवसायी महासंघका अनुसार माछा व्यवसाय चितवनसहित देशभर समग्रमा ८० प्रतिशत घटेको छ ।

निषेधाज्ञापछि होटल, रेष्टुराँ, विवाह, पार्टीजस्ता गतिविधि ठप्प हुँदा यसको असर माछा व्यवसायमा पनि परेको हो । ‘निषेधाज्ञापछि माछा विक्रीमा झण्डै ८० प्रतिशत कमी आएको छ,’ महासंघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारीले भने ।आर्थिक अभियान दैनिकबाट
स्थानीय प्रशासनले माछा खरीदविक्रीमा छोटो समय लागू गरेको र बिहानको समयमा खुला गरिएकाले माग अनुसार विक्री गर्न नसकिएको अधिकारीको भनाइ छ । उनका अनुसार दिउँसोको समयमा पोखरीबाट निकालेर बेलुका पसलमा विक्री गर्दा कारोबार प्रभावकारी र व्यावहारिक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर