चीनको कोइला खानीमा ग्यासको विस्फोट हुँदा आठ जनाको मृ त्यु — OSNepal

चीनको कोइला खानीमा ग्यासको विस्फोट हुँदा आठ जनाको मृ त्यु

LC (KTM) June 07, 2021 0

हरबिन-चीनको उत्तरपूर्वमा रहेको हेलोङच्याङ प्रान्तमा कोइला खानीमा ग्यासको विस्फोट हुँदा कम्तीमा आठजना सम्पर्कबिहीन भएका स्थानीय अधिकारीले शनिबार बताएका छन् । बिस्फोटपछि उनीहरूलाई जीबितै भेट्टाउने सम्भावना क्षीण रहेको अधिकारीहरूले बताएका छन् ।

चिनियाँ समाचार संस्था सिन्ह्वाले स्थानीय अधिकारीलाई उद्धृत गरी ज्यासी शहरको कोइलाखानीमा लङ्मे माइनिङ होल्डिंग ग्रुप कम्पनी लिमिटेडद्वारा संचालित कोइला खानीमा शनिबार दिउसो १२ः०७ मा दुर्घटना भएको जनाएको छ । उद्धारकर्मीहरूले वेपत्ता श्रमिकहरूको खोजी र उद्धार प्रयासहरू गरिरहेको तर आइतबार साँझसम्म उनीहरूको अवस्था थाहा हुन नसकेको बताएका छन् ।(रासस÷एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर