प्रदेश १ का ७० हजारलाई ‘भेरोसेल’ खोप लगाईने — OSNepal

प्रदेश १ का ७० हजारलाई ‘भेरोसेल’ खोप लगाईने

LC (KTM) June 06, 2021 0

मोरङ, २३ जेठ- प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशका ७० हजार नागरिकलाई कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाईने बताउनुभएको छ । उहाँले सरकारले तोकेको मापदण्डअनुसार यही जेठ २५ गतेदेखि प्रदेशका १४ जिल्लाका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई खोप लगाइने बताउनुभयो ।

मन्त्री राईले विश्व स्वास्थ्य सङ्गठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई मात्र लगाउन निर्देशन दिएको बताउनुभयो । प्रदेशका १४ जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । उहाँले सोमबारसम्म प्रदेशका सबै जिल्लामा खोप पुग्ने पुगिसक्ने बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशमा दुवै मात्राका लागि एक लाख ४० हजार ५०५ मात्रा खोप पठाएको छ । प्रमुख साहका अनुसार दुवै पटकको खोपका लागि ताप्लेजुङमा तीन हजार ७०३, सङ्खुवासभामा चार ४००, सोलुखुम्बुमा दुई हजार ८८५, ओखलढुङ्गामा चार हजार २९१, खोटाङमा चार हजार ८४८, भोजपुर चार हजार ३४७, धनकुटामा चार हजार ८५३, ते¥हथुममा दुई हजार ८४६, पाँचथरमा पाँच हजार ५८१, इलाममा आठ हजार ८६२, झापामा २६ हजार ४१९, मोरङमा ३१ हजार १८५, सुनसरीमा २६ हजार १३२, उदयपुरमा १० हजार १५१ डोज खोप पठाइएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर