काठमाडौं २३ फागुन । यही चैत २७ गते हुने नेपाल बार एशोसिएसनकोअधिवेशनमा अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसका निर्वाचन समिति संयोजक रहेका घिमिरे प्रधानमन्त्री शेरबहादुर देउवा निकट मान्छिन् ।
त्यसैगरी, महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ । खनाल नेकपा माओवादी केन्द्र निकट मानिन्छन् । त्यसैगरी नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीले उपाध्यक्ष पद पाउने भएका छन् ।
नेपाल बार एशोसिएसनको अधिवेशनमा सत्तारुढ गठबन्धनका तीन दलले मोर्चाबन्दी गरेका हुन् । देशभरबाट बार एशोसिएसनको लागि ११ हजार जना भन्दा बढी सदस्य रहनेछन् ।