प्रदेश १ को नाम सगरमाथा राख्न प्राज्ञिक विद्यार्थी परिषदको मुख्यमन्त्री लाई सुझाव — OSNepal

प्रदेश १ को नाम सगरमाथा राख्न प्राज्ञिक विद्यार्थी परिषदको मुख्यमन्त्री लाई सुझाव

LC (KTM) March 06, 2022 0

प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आज प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्रि राजेन्द्र कुमार राईलाई सुझावपत्र बुझाएको हो । ‘हरेक नामले महत्वपुर्ण भुमिका खेलेको हुन्छ’, सुझावपत्रमा भनिएको छ, ‘नेपाल बहुभाषा, बहुसंस्कृति, बहु रीतिरिवाज, परम्परा, खानपान, विभिन्न भुगोलका साथसाथै आ–आफ्नै चाडपर्व र शैलीका कारण एउटा जात, भाषा, संस्कृति विशेषको नाम राख्दा प्रतिकुल महशुस गर्न सक्छ ।

त्यसैले सबैले गर्व गर्न सक्ने र अपनत्व महशुस गर्न सकिने खालको नाम राख्दा उचित हुन्छ ।’ नेपालको नाम विश्वमा चिनाउन सफल सबैले गौरव गर्ने, सबै समुदायको भावना समेटिने विश्वको सर्बोच्च शिखर सगरमाथा यहि प्रदेशमा पर्ने भएकाले यो भन्दा उत्तम बिकल्प कुनै पनि नहुने भएकाले प्रदेश १ को नाम ‘सगरमाथा’ राख्न परिषद्ले अनुरोध गरेको छ । यहि नामले यस प्रदेशका सम्पुर्ण जनताहरूलाई आत्मगौरवका साथ भावनात्मक एकताको सुत्रमा बाध्ँने परिषद्को विश्वास छ ।

प्रदेश अध्यक्ष चिन्तामणि बस्नेत, प्रदेश सचिव विवस कटुवाल, केन्द्रीय सदस्य जीवन निरौला, प्रदेश प्रदेश संगठन सचिव बिष्णु प्रसाद पंगेनी लगायतको उपस्थितिमा सुझावपत्र हस्तान्तरण गरिएको छ । परिषद्ले प्रथम प्रदेश अधिवेशन बाट एक नम्बर प्रदेशको नाम सगरमाथा राखेको थियोे । सोही अनुसार विद्यार्थी परिषद्ले सांगठनिक रूपमा सगरमाथा प्रदेशको नामबाट आफ्नो कार्य गर्दै आइरहेको प्रदेश सचिव कटवालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर