काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीको वितण्डा कति सहने भन्दै आफूहरूले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्ने चेतावनी दिएका छन् ।
काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल भइरहेको बताएका हुन् । नेपालले संसद भंग गर्दा संसद पनि नरहने र ओलीको वितण्डापनि सकिने बताएका छनु ।
उनले हाउस चल्न नदिने, भत्ता खाइरहने केपी ओलीको वितण्डा सहन नसक्ने बताए ।