३० बालबालिका समेत गरी हल्दिवारीमा कोरोना संक्रमितको संख्या २८५ नाघ्यो — OSNepal

३० बालबालिका समेत गरी हल्दिवारीमा कोरोना संक्रमितको संख्या २८५ नाघ्यो

LC (KTM) June 06, 2021 0

हल्दिवारी ,झापा । झापाको हल्दिवारीमा २४ घण्टामा थप ९ जना कोरोना संक्रमीत थपिएको स्वास्थ्य शाखाले पुष्टि गरेको छ । हल्दिवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा कोभिड (१९ फोकल पर्सन पुष्कर निरौलाले दिएको जानकारी अनुसार २८६ जना कोरोना संक्रमीत मध्य १४२ जना अझै सक्रिय संक्रमीत रहेका छ्न ।

उनका अनुसार १३२ जना संक्रमीत होम आइसोलेसनमा ,७ जना विभिन्न अस्पतालमा र ३ जना गाउँपालिकाको आइसोलेसनमा रहेर उपचाररत रहनु भएको छ ।त्यस्तै संक्रमीत मध्य १४० जना निको भइ सकेका छ्न भने संक्रमणका कारण ४ जनाको ज्यान समेत गएको छ ।हल्दिवारी गाउँपालिका भित्रका ३० बालबालिका समेत कोरोना संक्रमणको सिकार भएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर