वामदेव गौतमको आग्रह : संसद विघटन गर्नु अघि संविधान संशोधन गरौं — OSNepal

वामदेव गौतमको आग्रह : संसद विघटन गर्नु अघि संविधान संशोधन गरौं

LC (KTM) March 06, 2022 0

काठमाडौं २२ फागुन । राष्ट्रियसभा सदस्य वामदेव गौतमले संसद विघटन गर्नु अघि संविधान संशोधन गर्न आग्रह गरेका छन् । नेता गौतमल एक विज्ञप्ती मार्फत यस्तो आग्रह गरेका हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘ताजा जनादेशका लागि प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जानुभन्दा अर्को सही विकल्प पनि छैन भन्ने हो भने सबभन्दा पहिले राष्ट्रिय राजनीट्टिक सहमतिमा नेपालको संविधान संशोधन गरेर प्रतिनिधिसभा भंग गरी निर्वाचनमा जाने संवैधानिक बाटो तय गर्नुपर्छ’।

यही अवस्थामा संसद भंग गर्ने हो भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चालेको त्यसबेलाको कदम सही थियो भनेर स्वीकार्नुपर्ने बताएका उनले विज्ञप्तीमा भनेका छन्, ‘यो असंवैधानिक भए पनि राजनीतिक इमान्दारीताको कदम हुनेछ। त्यसो गर्न गठबन्धनका नेताहरुको स्वाभिमानले दिँदैन र असंवैधानिक पनि हुन्छ’।

सत्ता गठबन्धन दलबीच संसद विघटनको चर्चा चलाएको विषयलाई लिएर नेता गौतमले भनेका छन् , ‘संवैधानिक इजलासको फैसला संविधान संशोधन सरह हुन्छ भनेर नबुझ्नु भएको भन्न मिल्दैन। तर भन्नै पर्छ यो बल्मिचाइभन्दा अर्को हुन सकने छैन। त्यसो त अहिले संसदका दुवै सदनका बैठक चल्न नदिएर संसदको सबभन्दा ठूलो पार्टी एमालेले हरेक दिन नेपालको संविधान उल्लंघन गरिरहेको छ र सिंगो राष्ट्र तमासे भएर हेरिरहन बाध्य छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर