काठमाडौं २२ फागुन । प्रतिनिधिसभाको बैठक एक साताको लागि स्थगित भएको छ ।
आज आइतबार पनि बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले नारावाजी सुरु गरेपछि ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले फागुन २९ गते दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग सिफारिस समिति गठनमा भने एमालेका चार जना सांसदहरुको नाम पनि रहेको छ ।
एमालेको नाराववजीका बिच पनि सभामुखले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम बाचन गरेका गरेका थिए ।
यो पनि …
जबराविरुद्ध एमालेसहित गठन भयो एघार सदस्यीय महाभियोग सिफारिस समिति (नामसहित)
काठमाडौं २२ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया प्रतिनिधिसभाको कार्यसूचीमा परेको छ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिले महाभियोग सिफारिस समिति गठन गर्ने निणर्य गरेको छ । जसमा प्रतिपक्षी दल नेकपा एमाले पनि सहभागी हुने भएको छ ।
महाभियोग समिति गठनमा एमालेबाट ४, कांग्रेस र माओवादीबाट २ -२, एकीकृत समाजवादी, जसपा र लोसपाका एक- एक जना गरी ११ जना रहेका छन् ।
११ सदस्यीय महाभियोग समितिमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरु एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीन विश्वकयर्मा, यसोधा गुरुङ, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन् ।
गत फागुन १ गते प्रधानन्यायाधीश जबरामाथि सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए।