काठमाडौं २२ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले संसद भंग हुन सक्ने बताएका छन् ।
लामो समय देखि एमालेको कारण संसद चल्न नपाएको बताएका उनले संसद भवन बाहिर सञ्चार माध्यमहरुसँग बोल्दै संसद भंग हुनु अब स्वाभाविक नै भएको बताएका हुन् ।
‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान पार्ने’ अध्यक्ष केपी ओलीको वितण्डा सामना गर्नलाई यो सब भंग गरिदिने, न संसद रहन्छ न हंगामा गर्ने ठाउँ नै रहन्छ , चुनावमा जान्छ ।’ उनले भने ।
यदि संसद भंग भए तिनै तहको चुनाव प्याकेजमा नै हुने जानकारी समेत गराएका छन् ।