नेपालीहरुले शीर झुकाउनु पर्ने अवस्थाको सिर्जना प्रधानमन्त्री ओलीबाट भयो : नेपाल पक्ष(बैठकका निर्णयसहित) — OSNepal

नेपालीहरुले शीर झुकाउनु पर्ने अवस्थाको सिर्जना प्रधानमन्त्री ओलीबाट भयो : नेपाल पक्ष(बैठकका निर्णयसहित)

LC (KTM) June 06, 2021 0

काठमाडौं २३ जेठ । नेकपा ९एमाले० को माधव कुमार नेपाल पक्षले सरकारका गलत कामहरुप्रति सचेत रहन सम्पूर्ण जनसमुदायमा हार्दिक आव्हान गरेको छ । नेपाल पक्षको केन्द्रिय कमिटिको बैठक तथा स्थायी कमिटीको निर्णय सार्वजनिक गर्दै यस्तो आग्रह गरेका हुन् ।

बाहृय शक्तिका सामू लम्पसार परेका पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट दक्षिण्पन्थी विसर्जनवादी चिन्तन र व्यवहारका साथ बाहृय शक्तिका सामू लम्पसार पर्दै संविधान, लोकतन्त्र र संसदमाथि आक्रमण गरिएको, यस सिलसिलामा दुई दुई पटक असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको, अध्यादेशमार्फत शासन चलाउन खोजिएको र राष्टिय हितमाथि घात गरिएकोले संविधान, लोकतन्त्र, संसद्, राष्टिय स्वाधिनता र स्वाभिमानको रक्षाका लागि अन्य वामपन्थी र लोकतन्त्र पक्षधर दलहरुसँग सहकार्यका साथ अघि बढ्नुपर्ने स्थिति सिर्जना भएको नेपाल पक्षले आफ्नो निणर्यमा उल्लेख गरेको छ ।

देशको शासन प्रणालीलाई नै संकटग्रस्त बनाउँदै निहित स्वार्थपूर्तिको लागि राज्यशक्ति र स्रोतको दुरुपयोग गर्ने, अनेकौं भ्रष्टाचार र अनियमित क्रियाकलापमा संलग्नहरुलाई सरकारी संरक्षण प्रदान गर्ने र यसरी संसारका सम्मुख नेपाललाई राज्य संरक्षित भ्रष्टाचारीहरुको देशका रुपमा चित्रित हुने स्थिति सिर्जना गर्दै नेपालीहरुले शीर झुकाउनु पर्ने अवस्थाको सिर्जना प्रधानमन्त्री केपी ओलीबाट भएको छ । साथै प्रधानमन्त्रीले जिम्मेवारी सम्हालेपछिका वर्षहरुमा नेपालको ऋणको भार दोब्बर भएको छ । यसरी लिइएको ऋण उत्पादक क्षेत्रमा प्रवाह नगरी दुरुपयोग हुनुका साथै राष्ट्रिय हितमा समेत आघात पु¥याउने गरी परिचालन गर्न खोजिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर