पल शाह प्रकरणमा बाबुरामको टिप्पणी : पीडितप्रति सहानुभूति,समर्थन हुनुपर्नेमा पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद — OSNepal

पल शाह प्रकरणमा बाबुरामको टिप्पणी : पीडितप्रति सहानुभूति,समर्थन हुनुपर्नेमा पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद

LC (KTM) March 04, 2022 0

काठमाडौं २० फागुन । जनता समाजावदी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष डा . बाबुराम भट्टराईले नाबालिक किशोरीको यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूतिरसमर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा भएको बताएका छन् ।

लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका उनले शुरूमै न्याय प्रभावित नहोस भनेर आग्रह समेत गरेका छन् । नेता भट्टराईले पल शाह प्रकरणबारे न्यायिक फैसला सबैले मान्नुपर्ने भन्दै यसमा न्याय प्रभावित नहोस् भनेका हुन् ।

नाय हाल शाह नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनीमाथि अनुशन्धान भइरहेको छ ।

नाबालिक किशोरीको यौनशोषण सम्बन्धी अति सम्वेदनशील मुद्दामा पहिलो दृष्टिमै पीडितप्रति सहानुभूतिरसमर्थन हुनुपर्नेमा सामन्ती पितृसत्तात्मक ‘मर्दकी दशओटी’ मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद कुरा हो।लोकतन्त्रमा अन्ततः न्यायिक फैसला सबैले मान्नैपर्छ तर शुरूमै न्याय प्रभावित नहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर