बागलुङमा ९१ वर्षीया तुलसीले कोरोना जितेर खुशी हुदै घर फर्किन — OSNepal

बागलुङमा ९१ वर्षीया तुलसीले कोरोना जितेर खुशी हुदै घर फर्किन

LC (KTM) June 06, 2021 0

काठमाडौ । बागलुङ नगरपालिका–११ राडाँडाका ९१ वर्षीया तुलसी पौडेल कोरोना जितेर धौलागिरि अस्पताल बागलुङबाट आइतबार घर फकिँदै । कोरोना सङ्क्रमित भएपछि उहाँ अस्पताल भर्ना हुनुभएको थियो ।

अवैधरुपमा जुवामा लगानी गरिए कारबाही:-सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार नगर्न अपिल गरेको छ ।
मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी नेपालमा केही समययता उक्त साइटका नाममा अवैध जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोवार भइरहेको जनाउदै त्यसो नगर्न अनुरोध गरेको छ ।

‘‘यस्ता कार्य विज्ञापन ९नियमन गर्ने० ऐन, २०७६ को दफा ५को उपदफा ९ज्ञ० को खण्ड ९ख० को व्यवस्थाविपरीत भएकोले तत्काल त्यस्ता गतिविधि बन्द गर्न, त्यस्ता विज्ञापन तथा भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ ।’’ विज्ञप्तीमा भनिएको छ । मन्त्रालयले अन्यथा कानूनबमोजिम कारबाही हुने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर