काठमाडौं १९ फागुन । नेकपा (एमाले)का नेता डा भीम रावलले चीनसँग वार्ता गर्न सरकारलाई डर लाग्छ भने सरकारले निर्णय गरेर आफुलाई विशेष प्रतिनिधि बनाएर पठाउन आग्रह छन् ।
विहीबार एमाले अछाम–काठमाडौं सम्पर्क मञ्चको सम्मेलनमा बोल्दै नेता रावलले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्दै कालापानीमा भारतीय सेना आउँदा सुदूरपश्चिम घर भएका प्रधानमन्त्री शेरबहादुर देउवा कहाँ छन् ? भनेका छन् ।
लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय हस्तक्षेप ढाकछोप गर्नका लागि सरकारले चीनले सीमा मिचेको भनेर प्रचार गरेको आशंका व्यक्त गरेका उनले भने ,‘कर्णालीमा कांग्रेसका मुख्यमन्त्रीले चीनले सीमा मिचेको भनेका छन् । यदि चीनले सीमा मिचेको छ भने कांग्रेसकै मुख्यमन्त्री छन् । कांग्रेसकै परराष्ट्रमन्त्री छन् । सभापति देउवाजी आफैं प्रधानमन्त्री छन् । चीनसँग वार्ता कसले रोक्यो ?’
चिनियाँ प्रधानमन्त्रीसँग नेपाली जनताको तर्फबाट आफु वार्ता गर्न तयार भएको बताएका उनले भने,’चीनसँग वार्ता गर्न डर लाग्छ भने सरकारले निर्णय गरेर मलाई विशेष प्रतिनिधि बनाएर पठाओस् । म गएर कुरा गर्छु ‘।
सरकारले भारतीय हस्तक्षेप ढाकछोप गर्न यस्तो षडयन्त्र गरेको समेत उनले दावी गरेका छन् ।