काठमाडौं १९ फागुन । नेपालको आकासमा कतार एयरवेजका दुई वटा जहाज आकासमै होल्डमा गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान भइरहेकोकारण कतार एयरवेजका जहाज आकासमै होल्डमा बसेका हुन् ।
एरोथाइको जहाजले त्रिभुवन विमानस्थलको आकासमा फन्को मार्दै परीक्षण गरिरहेको छ । जसको कारण दिल्लीबाट आएको भिस्तारा एयरवेज,आन्तरिक उडानका जहाजहरु समेत आकाशमंै होल्ड गरिरहेका छन् ।
त्रिभुवन विमानस्थलमा धावनमार्ग विस्तार भएपछि यो पहिलो पटक यान्त्रिक उपकरण जडित जहाजबाट परीक्षण उडान गरिएको हो ।