धनगढी १९ फागुन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको टिप्पणी गरेका छन् ।
आज बिहिबार प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका पोखरेलले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरिएको भन्दै गठवन्धन सरकारको आलोचना गरेका हुन् ।
‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो’ उनले भने । कार्यक्रममा उनले सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप समेत लगाएका छन् ।
एमसीसीको विषयमा एमालेले आफ्नो पार्टीको धारणा भने सार्वजनिक गरिसकेको छ ।