काठमाडौं १९ फागुन । रुसले युक्रेनमाथि गरेको आक्रमणबाट नागरिकलाई बचाउन भारतले आफ्ना नागरिकहरु ल्याउने क्रम जारी राखेको छ । नेपालको पनि २ सय भन्दा बढी नागरिक रहेको युक्रेनमा नेपाली ल्याउन परराष्ट्र मन्त्रालयल पहल गरिरहेको जनाएको छ ।
नेपालले आफ्नो नागरिक ल्याउन भारतलाई गरेको आग्रहमा भारत सकारात्मक भएको बताइएको छ । अपरेशन गंगा नाम दिइएको उद्धारका क्रममा आज पनि थुप्रै भातीयसँगै केही नेपालीलाई पनि नयाँ दिल्ली ल्याइने जी न्यूजले जनाएको छ ।
नेपालले आफ्ना नागरिकलाई पनि भारत ल्याउन गरेको आग्रहलाई भारतले सकारात्मक जवाफ दिएको जनाइएको छ । युक्रेनमा रहेका अन्य देशका नागरिक पनि आफ्नो देश फर्कने क्रम जारी रहेको छ ।
भारतले पोल्यान्ड, हंगेरी, रोमानिया, मोल्डोभाबाट आफ्ना नागरिकलाई उद्धार गरी ल्याइरहेको छ ।