काठमाडौं १९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी कार्यान्वयनमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बिहिबार बिहान बसेको सत्ता गठवन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
‘हामी सबै एक ठाउँमा उभिएर एमसीसी अनुमोदन गरेका छौँ । अनुमोदनको प्रक्रियामा जसरी हामी सबै एक ठाउँमा उभिएका छौँ, अब यसको कार्यान्वयनमा समेत हामी सबै एक ठाउँमा उभिनुपर्नेछ,’ देउवाले बैठकमा भने ।
साथै बैठकमा देउवाले एमसीसी संसदमा पास गर्न सहयोग गर्ने सबै दलहरुलाई धन्यावाद समेत दिएका छन् । साथै बैठकबाट एमालेलाई संसद अवरोध अन्त्य गर्न समेत आग्रह गरिएको छ ।
आज बसेको गठवन्धनको बैठकमा प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित उच्चस्तरीय राजनीतिक समन्वय समितिमा संलग्न नेताहरू समेत सहभागी भएका थिए ।
एमसीसी पास भएर गठवन्धन बचेपनि गठवन्धन दलमा एमसीसीले फुटेको संघारमा पुर्याउन पनि सक्ने भएको छ । एकिृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल अध्यक्ष माधव नेपालसँग आक्रोशित भएका छन् ।
यता माअोवादी अध्यक्ष प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ रिसाएका छन् । राष्ट्रिय जनमोर्चाले त गठवन्धन्बाट अलिग्गएको घोषणा ने गरिसकेको छ ।