काठमाडौं १९ फागुन । सत्तागठवन्धनको बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी रहेको छ । अमेरिकी परियोजना एमसीसी संसदबाट पारित भएपछि सत्ता गठवन्धनको यो पहिलो बैठक हो ।
एमसीसी पासले गठवन्धन झन् बहिलयो भएको भन्दै गठवन्धनबा शिर्ष नेताहरुको बैठक जारी रहेको छ । आजको बैठकमा यही वैशाख ३० हुने स्थानीय चुनावी गठवन्धन तथा मन्त्री र राजदुत नियुक्तको विषयमा छलफल हुने प्रधानमन्त्री शेबरहादुर देउवाको प्रमुख स्वकीय सचिव भानु देउवाले जनाएका छन् ।
जारी बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।