नारायणकाजीलाई प्रचण्डको आग्रह : एमसीसीमा मतभेद भएपनि अरु विषयमा मिलेर अघि बढौं, पार्टी छोड्ने कुरा नगरौं — OSNepal

नारायणकाजीलाई प्रचण्डको आग्रह : एमसीसीमा मतभेद भएपनि अरु विषयमा मिलेर अघि बढौं, पार्टी छोड्ने कुरा नगरौं

LC (KTM) March 03, 2022 0

काठमाडौं १९ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टीबाट अलग नहुन आग्रह गरेका छन् ।

आइतबार बसेको संसद बैठकमा एमसीसी अनुमोदन भएपछि अध्यक्ष प्रचण्डसँग रुष्ठ रहेका नारायणकाजी पार्टीबाट अलग हुने संकेत देखाएका हुन् । एमसीसीको विषयमा विपक्षमा रहेका नारायणकाजी प्रचण्ड बिच आज बिहान प्रचण्ड निवासमा छलफल भएको हो ।

स्रोतले दिएको जानकारी अनुसार पार्टीबाट अलग हुने मन नहुँदा पनि प्रचण्डको कारणले आफु अलग हुनु परेको नारायणकाजीले बताएको बुझिएको छ ।

प्रचण्डले भने एमसीसीमा मतभेद भएपनि अरु विषयमा मिलेर अघि बढ्न सकिने बताएका छन् । यस भन्दा अघि प्रचण्ड आफ नारायणकाजीलाई भेट्न उनको निवास पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर