डेनमार्क सरकारले पनि नेपाललाई १४ लाख डोज खोप दिने — OSNepal

डेनमार्क सरकारले पनि नेपाललाई १४ लाख डोज खोप दिने

LC (KTM) June 06, 2021 0

काठमाडौं ।डेनमार्कले नेपाललाई १४ लाख डोज खोप दिने भएको छ । कोरोना विरुद्ध लड्नका लागी एस्ट्राजेनिकाको खोप डेनमार्क सरकारले नेपाललाई प्रदान गर्ने भएको हो । डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको बताइएको छ ।

खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको को आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले बताए । यो कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए । यस अघि अमेरिकाले पनि नेपाललाई ५० लाख डोज खोप दिने घोषणा गरेको छ ।

यो पनि : धान झुल्ने सहेंलाका फाँटमा अब कागती – एक वर्षअघि पहिलो चरणका बिरुवा लगाउँदा छिमेकीले जग्गा बाँझो बनाए भनेर गाली गरे । वर्षाका समयमा धान र हिउँदमा मकैको राम्रो उत्पादन हुने खेतमा अहिले कागतीका विरुवाले मुना हाल्न थालेका छन् । पोहोर साल जग्गा बँझाए भनेर गाली गर्नेहरु अहिले आसपासको जग्गा थप गरेर कागतीको खेती विस्तार गर्न सुझाउँछन् । व्यवसायिक कागती खेतीमा लागेका किसानले भने छिमेकीका कुराभन्दा आफ्नो समूहको योजना अनुसार काम गरिरहेका छन् ।

बागलुङ नगरपालिका १४ अर्माहाका किसानले झण्डै साढे दुई सय रोपनी जग्गा एकीकृत गरी व्यवसायिक खेती शुरुआत गरेका थिए । यस वर्ष पनि यसलाई थप विस्तार गर्ने जनाएका छन् । चासो कृषक समुहमा आबद्ध ६२ किसान कागतीको खेती विस्तार र स्याहारमा दत्तचित्तले लागिरहेका छन् । उनीहरुले खेती थालेको जग्गा भने बागलुङ–१२ सहेंलाको फाँटमा पर्छ ।

गतवर्ष लगाएका दुई हजार कागतीका बिरुवा राम्रोसँग हुर्किन थालेपछि यस वर्ष किसानले थप दुई हजार बिरुवा लगाउने भएका हुन् ।“हाम्रो योजना ६ हजार बिरुवा ३ सय रोपनी जग्गा पु¥याउने हो,” समूहका अध्यक्ष केशव सुवेदीले भन्नुभयो, “एकै पटक लगाउँदा बिरुवामा क्षति हुन सक्छ, तीन वर्षमा योजना अनुसारको काम सकिन्छ ।” सुन कागती–२ जातको कागती उनीहरुले लगाएका छन् । सहेंलामा खेतीयोग्य जमिन रहेका किसानलाई सेयर सदस्य बनाएर किसान समूह बनेको छ । यहाँ सो खेतीका लागि किसानले ५० लाख बढी लगानी गरिसकेका छन् ।

“उहाँहरुको उत्साह र मेहेनत निकै राम्रो छ, यो समुहमा भएको खेती अरु किसानका लागि नमुना हुन सक्छ,” नगर प्रमुख जनकराज पौडेलले भन्नुभयो,“सरकारी सहयोग किसानलाई भइरहेको छ र रहन्छ ।” पाँच वर्षमा उत्पादन लिने किसानको योजना छ । यस वर्षपनि थपिने दुई हजार विरुवा सुन कागती–२ जातकै हो । एक करोड लगानी गर्ने योजना बनाएका किसानले प्रदेश र स्थानीय सरकारबाट झण्डै रु २० लाख अनुदान पाएका छन् ।

“एउटा बोटमा चालिस किलोसम्म फल्छ, हामीले बिक्री गर्दा सय रुपैयाँ सम्ममा बिक्री गर्न सकिएला,” अध्यक्ष सुवेदी भन्नुहुन्छ, “विरुवा बयस्क हुँदा सिजनमा एक करोड ६० लाख आम्दानी गर्ने योजना छ ।” एक रोपनी जग्गाको वार्षिक ५ हजार भाडा उपलब्ध गराउने गरी जग्गा एकिकृत गरिएको हो । पाँचवर्षसम्म किसानले पाउने जग्गाको भाडाबापतको रकम शेयर रकममा परिणत हुने समूहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर