एमसीसीको विपक्षमा उभिएका खनालको टिप्पणी : नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको व्याख्यात्मक टिप्पणी मात्र 'न्यानो थाङ्नो' — OSNepal

एमसीसीको विपक्षमा उभिएका खनालको टिप्पणी : नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको व्याख्यात्मक टिप्पणी मात्र ‘न्यानो थाङ्नो’

LC (KTM) March 02, 2022 0

विराटनगर १८ फागुन । नेकपा एकिकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसीको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नो मात्र भएको बताएका छन् ।

नेता खनालले एमसीसीको व्याख्यात्मक टिप्पणी ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो मात्र भएको टिप्पणी गरेका हुन् ।

बुधबार पत्रकारहरुसँग बोल्दै नेता खनालले भने , ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नोबाहेक केही होइन,नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’

प्रक्रिया विपरित एमसीसी पास गरेको भन्दै अशन्तुष्ट बनेका खनालले एमसीसी पास देशकै लागि लज्जास्पद भएको भएको भन्दै यसको परिणाम विस्तारै देखिने पनि स्पष्ट पारेका छन् ।

एमसीसीका कारण नेता खनाल पार्टी अध्यक्ष माधव नेपालसँग पनि रुष्ट बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर