काठमाडौं १८ फागुन । जनता समाजवादी पार्टी जसपाले आउँदो असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ । पार्टीको जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन मिति तय गरेको हो ।
गत फागुन १३ गते बाट सुरु भएको सो बैठकले विधान अधिवेशनको निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिएका हुन् ।
केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको प्रेस नोटमा फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने समेत उल्लेख गरिएको छ ।