संसद भवन अगाडी 'नो एमसीसी' लेखिएको प्रेसर कुकर राखेको अभियोगमा २१ वर्षीय युवक पक्राउ — OSNepal

संसद भवन अगाडी ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर राखेको अभियोगमा २१ वर्षीय युवक पक्राउ

LC (KTM) March 02, 2022 0

काठमाडौं १८ फागुन । नयाँ बानेश्वर स्थित संसद भवन अगाडी शंकास्पद बस्तु अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका २१ वर्षीय सुवास महत रहेका छन् ।

आइतबार बसेको संसद बैठकमा अमेरिकी परियोजना एमसीसी संसदबाट अनुमोदन भएको भोली पल्ट सोमबार संसद भवन अगाडी ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो ।

उक्त नो एमसीसी लेखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको थियो ।

पक्राउ परेका महत अनेरास्ववियु क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर