काठमाडौं, १८ फागुन – प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।
बुधबार दिउँसाे १ बजे बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।
गत २३ भदौदेखि एमाले सांसदले संसदमा अवरोध गर्दै आएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीविपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका हुन् ।