४ बर्षको उमेरमा नै धार्मिक कार्यक्रममा गीत गाउन सुरु गरेकी नेहाले अहिले एउटै गीत गाए बापत लिन्छिन ८ लाख पारिश्रमिक — OSNepal

४ बर्षको उमेरमा नै धार्मिक कार्यक्रममा गीत गाउन सुरु गरेकी नेहाले अहिले एउटै गीत गाए बापत लिन्छिन ८ लाख पारिश्रमिक

LC (KTM) June 06, 2021 0

काठमाडौं- बलिउडकी चर्चित गायिका नेहा कक्कडको आज जन्म दिन परेको छ । नेहाले आज आफ्नो ३२ औं जन्मदिन मनाइरहेकी छिन् । उनलाई जन्म दिनमा शुभकामना दिनेको आइरो लागेको छ । सन् १९८८ जुन ६ मा क्रृषिकेशमा जन्मेकी नेहाले सुरुवाती दिनमा धेरै संघर्ष गरेर गायन क्षेत्रमा प्रबेश गरेकी थिइन् । आफ्नो पिताको साथ दिने सोचका साथ नेहाले ४ बर्षको उमेरमा नै धार्मिक कार्यक्रममा गीत गाउन सुरु गरेकी उनले ई पारिश्रमिक वापत ५ हजार रुपैयाँ मिल्ने गर्दथ्यो ।

अहिले उनै नेहाले गीथ गाए बापत ८ लाख पारिश्रमिक लिने गर्छिन् ।नेहाले आजसम्म गायनको कुनै तालिम लिएकी छैनन् । तर, उनी आज बलिउडको सर्वाधिक सफल पाश्र्व गायिका बनेकी छिन् । सन् २००८ मा आफ्नो डेब्यू एल्बम ‘नेहा दि रकस्टार’ सार्वजनिक गरेकी उनले बलिउडमा ‘मिरबाई नट आउट’ नामक चलचित्रबाट पाइला राखेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर